BACK

२०७७-०३-१२

मैले थाहा पाएका - "थाहा नभएका कुराहरू"

भावनामा तहिरन खोज्दैछु म जतिबेलै

किन हो खै आजकल चित्रहरू कोर्दैछु

चार भित्ता भित्र पनि भेट्टाउदिन आफैलाई

किन हो खै जीवनको अर्थ पनि खोज्दैछु

दुःख, खुसी, मायाँ, पिँडा सवैकुरा भोगिसकेँ

अझै पनि आफूमा नै भावना म भेट्टाउदिनँ

आमा, बाबा, दाजु, बहिनी सवै छ्न् आफैसँग

को आफ्ना को पराइ नाता अझै छुट्टयाउदिनँ

विज्ञान गणित सवै किताब आज मैले पढिसकेँ

तरपनि जीवनको शिक्षा मलाई अझै छैन

फेसबुक टुइटर सामाजिक सञ्जाल सवैमा म पसिसकेँ

समाजका वारेमा नी बुझ्न अझै सक्या छैन

जीज्ञासा छ्न् मन भित्र , सोच्दै छु म कत्ती कुरा

किताबमा लेखिएका सबै कुरा सत्य हो र ?

था-छ मलाई हेराइले फरक पार्छ सवैकुरा

मेरो लगी सही कुरा उस्का लगी गलत छ र ?