BACK

२०७७-१०-२४

आकाङ्क्षा

मीठा मीठा गफ गर्दै हाँसिदिए पुग्छ ।

लजाउदै छेउमा आई, बसिदिए पुग्छ ।

मीठा गीत गाउने त्यस्तो गायक त म हैन

तर, रमाउदै मेरा गीतमा नचिदिए पुग्छ ।।

परिस्थिति जे जस्तो होस् साथ दिए पुग्छ ।

मेरा हरेक समस्या मा हात दिए पुग्छ ।

बेसुर छन् मेरा मनमा छरिएका शब्दहरु

तिमी आई सूर र ताल थपिदिए पुग्छ ।।

मेरो मनमा तिम्रो डेरा सारिसक्यौ तिम्ले ।

तिम्रो मनमा मेरो डेरा नी सार्न दिए पुग्छ ।

झोक्राएका छन् सबै मेरा सपनाका महलहरू

तिमी आइ सुन्दरताको उज्यालो छरिदिए पुग्छ ।।