BACK

२०७७-०५-०९

आत्महत्या

कक्षामा सधैँ हाँसिरहेको हुन्थ्यो ऊ

सबैलाई ऊ हसाउन पनि खोज्थ्यो

जुनै जीवनको पनि कदर गर्थ्यो ऊ

मच्छ्डलाई पनि टोकिरहन दिन्थ्यो ।

समाजको अपहेलना खेपेको रहेछ अतितमा

कोही पनि हेपिएको देख्न सक्दैनथ्यो

जतिनै मिठो परिकार दिएपनि उस्लाई

अर्काको ज्यान मिसिएको खान चहाँदैनथ्यो ।

सबै उस्लाई एब्नर्मल हो भन्थे

उस्लाई सबैले पगलको दर्जामा गन्थे

सबैको राम्रो मात्र चहाने उस्लाई

अन्धो समाजले नराम्रो मात्र देख्थे

उस्को साथी कोही बन्दैनथे

माया गर्न उस्लाई, कोही जान्दैनथे

उस्को भलोको लागी कोही सोच्दैनथे

दु:ख पनि उस्को, कोही बुझ्दैनथे ।

जिउँदो हुँदा जिउन सिकाउनु पर्ने समाजले

आज ऊ मरेको लास देख्दैछ

उस्को अवस्था मा आँखा छोप्ने समाजले

आज आत्महत्याको कारण खोज्दैछ ।।