BACK

२०७७-१२-०५

मेरी अर्धाङ्गिनी

ऊ सधैँ म सँग आइरहन्छे ।

कहिले झ्याप्प गरी त कहिले मस्त,

कहिले मीठो गरी त कहिले कडा भएर ।

ऊ,

मेरी सबैभन्दा प्यारी सखी हो।

बिहान छिट्टै उठ्दा पनि म सँगै हुन्छे ।

शिक्षकको लेक्चर सुन्दा पनि म सँगै हुन्छे ।

पढ्दै गर्दा होस् या मोबाइल नै चलाउँदा होस्,

लामो यात्रामा होस् या त छोटो विश्राममा नै ।

सधैँ आइरहन्छे , तत्पर भई लागिरहनछेे ।

मलाई जोखिम पर्दा या म रिसाएपछि भागेपनि,

ऊ खाई कसोगरी सुटुक्क आइदिन्छे ।

ऊ बिना मेरो जीवन अधुरो छ। तर,

उसको उपस्थिति ले मेरा काम हरु अधुरै रहन्छन् ।

मेरो जीवनको आदि पटो नै हुन् उनी ।

अझ आदि भन्दा पनि बढी हुन उँ चाहिरहन्छे ।

कहिले बिस्तारै आउँछे त कहिले छिट्टै ।

उसबाट जतिनै टाढा जान खोज्यो त्यति नै नजिक आईदिन्छे ।

ऊ आइदिन्छे अनि मलाई छुट्टै संसारमा पुराइदिन्छे ।

उसको उपस्थितिको पत्तो पाउँदा नपाउँदै

सपना को सन्..........