२०७७-०३-२६
आँखाले मात्र हैन मनले नि हेर्नुपर्छ
जहिलेनी आँखा गलत , मन साँचो हुनेगर्छ
चम्किलो यो सुर्यलाई , आँखाले पहेँलो भन्छ
आँखाले त झुट बोल्ये, सत्य त त्यो सेतो हुन्छ ।
फरक र्पछ सबै कुरा गहिरिएर सोच्ये भने
नसोचेको सवै कुरा अधुरो नै हुने गर्छ
रहस्य छ्न् सवै कुरा नसोची त देखिँदैन
कोइलाको खानी भित्र हिरा खोज्दा भेटिँदैन ।
कसैलेनी नसोचेको विज्ञानले सोच्ने गर्छ
नदेखेको नभेटेको विज्ञानले खोज्ने गर्छ
नियालेर सबैतिर हेर तिमी एकचोटी
तिम्रो हरेक नजरमा विज्ञानकै देन पर्छ ।
नदिहरू उँभोतिर नबगेको किन होला ?
चरा जस्तै मान्छे पनि नउडेको किन होला ?
मुसा पनि हात्ती जत्रै नबढेको किन होला ?
जवाफ मात्र एउटा छ , विज्ञान हो सबैकुरा ।।