२०७७-०३-१४
कुरा धेरै अघिको त हैन
तर मलाई ठ्याक्कै समय नी था छैन ।
पिपलको छहरीमा आनन्द भोग गदै गर्दा
मेरा नयन एक सुन्दर फूलमाथी परे ।
खै ! के भयो कुन्नी त्यो पल मलाई
वरिपरीको पवन पनि सुगन्धित लाग्न थाल्यो ।
समय पनि टक्क रोकिएझैँ अनुभव हुँदैथ्ये
र मेरा आँखाहरू उनैको मुस्कानमा अढिएका थिए ।
खै कुन फूलसँग दाँजु म उनलाई
सुर्यमुखीझैँ चम्किलो उनको अनुहार ।
गुलाव झैँ सुन्दर उनको सरिर
अनी कमल झैँ फक्रिएको उनको नयन ।
समय, मात्र ! मेरा लागी अड्किएको रहेछ
पवन पनि मेरैलागी सुगन्धित भएको रहेछ ।
उनी त दुई पलमै हावासँगै बिलाएर गइन्
अनी मेरो मनमा यादमा नै सिमित भइन् ।