BACK

२०७७-०५-०८

जुनकिरी

मात्र राती आउछौ तिमी

झिमिक्-झिमिक् गर्दै गर्दै

तिम्रै पछि लाग्छु मँ त

कार्य मेरा सवै हटाइ ।।

आउन खोज्छु तिम्रो छेउमा

पुग्छौ फेरी कता कता

देख्छु तिम्लाई अलिक् टाढा

फेरी जान्छु त्यता त्यता ।।

गयौ तिमी हराएर

मलाई केही थाहै नदिई

भयो सवै अन्धकार

तिम्रो त्यो बत्ती नपाई ।।

पछी पछी तिम्रो लाग्दा

हराएँछु आफ्नै गाँउमा

पर्खि बस्छु भोली पनि

फेरी तिम्लाई उही ठाँउमा ।।