२०७७-१२-०४
जन्म पछिको सङ्घर्ष की मर्नु अघिको भोगाइ ?
हो कि, दुःखको आँसु सँग सुखको हर्षको जुवारी ?
मायाको न्यानो आभास सँग घृणाको तड्पाई को खेल ?
लाटोपनको मासुमता देखि विद्वानताको भार को परिवर्तन ?
भोगाइको तनाव देखि सिकाइको उल्लासको यात्रा ?
सपनाको आनन्दता र विपनाको यथार्थको भुलभुलैया ?
आशाको ज्योति देखि निराशाको अन्धकारको बाटो ?
विज्ञानको सत्यता र आस्थाको विश्वास बीचको लडाई ?
भोको पेट को पुकार सँग भारी पेटको मोटाई को प्रतिस्पर्दा ?
के चलिरहेको छ यहाँ ?
आखिर,
के चलिरहेको छ ?