२०७७-०३-१३
मनका भावनाहरू कहिल्यै लुक्दैन थे मवाट
आजकल त्यही नलुकेका कुराहरूले पोल्दैछ
अब भयो ! बन्द भइसके मेरा ओठहरू
तर हरेक भित्ता मोरो अतित अझै बोल्दैछ ।
कुरा लुकाउन सही लाग्दैन थ्यो मलाई
तर मेरालागी यो बिष तुल्य भइसवयो
मनका कुरा सबै सबैमाझ पोखिदिन्थेँ
त्यही सार्वजनिक्ताले मेरो मन कत्ती रोइसक्ये ।
अब म कसैलाइ पनि भान्दिन
कुराहरू मेरै मनभित्र खेलनेछ्न्
सुनाउदिन म एक कानलाई पनि
किनकी एक कान दुइकान मैदानै बोल्नेछ्न् ।
मनका कुराहरु म यी शब्दहरूबाट बोल्दैछु
यिनै वाक्यवाट तिमीलाई "Sorry" पनि भन्दैछु
सही गलत छुट्टयाउन नसकेर होला अतितमा
तिम्रो बोली, तिम्रो हाँसो सोच्दै आज तड्पिदैछु ।
गल्ती थियो मेरो नै , सजाय म भोगिराछु
गहिरो त्यो घाउमा म मलम लाउन खोजिराछु
सत्यता र मित्रतामा मैले सत्यतालाई रोजेकोथेँ
तर आज तिम्रो मनमा मेरो मित्रतालाई खोजिराछु ।